काठमाडौं । कोरोना संक्रमण भई उपचार गराएर निको भएपछि अस्पतालबाट घर फर्किएका रौतहटका एक युवकमा पुनः कोरोना पोजिटिभ देखिएको छ । इशनाथ नगरपालिकाका ती युवकमा पुनः कोरोनाको संक्रमण भेटिएपछि उनलाई बीरगञ्ज स्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो ।
यसअघि कोरोना संक्रमण हुँदा नारायणी अस्पतालमा उनको १४ दिन उपचार गरिएको थियो । उपचार पश्चात निको भएपछि उनी अस्पतालबाट बैशाख ११ गते डिस्चार्ज भई घर फर्किएका थिए । भारतको दिल्लीबाट रौतहट आएका संक्रमित युवकमा उपचारका क्रममा ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो ।
निको भएर घर फर्किएको ४ दिनपछि पुनः ज्वरो आएर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि गएराती उनलाई अस्पताल भर्ना गरेर उपचार थालिएको हो ।