काठमाडौं । कोरोना संक्रमित थपिने क्रम बढ्दै गएपछि अब सवारी साधनलाई एक जिल्लाबाट अर्को जिल्लामा जाँन नदिइने भएको छ । गृह मन्त्रालयले मंगलबार एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सवै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
मंगलबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएसँगै गृह मन्त्रालयले सवारी आवतजावतमा कडाई गर्ने भएको हो ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिलाई कार्यालयको परिचय पत्रका भरमा डिड्न दिईएको थियो । तर, अब सम्बन्धित कार्यालयको परिचयपत्रका भरमा आवतजावत गर्न नदिइने र आवतजावतका लागि नियामक निकायकै पास अनिवार्य हुनुपर्ने गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार समाचार संकलनमा खटिने सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र देखाएर आवतजावत गर्न पाउँनेछन् ।