युवामा पशुपालनको आकर्षण, गुरुङले दुध बेचेरै कमाउँछन मासिक २ लाख
धनकुटा, २१ चैत । पछिल्लो समय धनकुटाका युवाहरु व्यावसायिक पशुपालनमा आकर्षित भएर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ यसको गतिलो उदाहरण हुन् ।
गुरुङले गाईको दुध बिक्रि गरी मासिक २ लाखसम्म आम्दानी गर्दै आएका छन् । नजिकैको कामधेन दुग्ध सहकारी संस्थाको दुध संकलन केन्द्रमा दैनिक २ सय लिटर दुध बिक्री गर्दै आएका गुरुङले अव दैनिक ५ सय लिटर दुध बिक्रि गर्ने ...































