जनतामा निराशा छर्न अफवाह फैलाउने काम हुँदैछ : नेता राजेन्द्र राई
धनकुटा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईले अहिले अफवाह फैलाएर जनतामा निराशा पैदा गर्ने काम भइरहेको बताएका छन् ।
नेकपा एमाले महालक्ष्मी नगरपालिका धनकुटाकाे दाेस्राे नगर अधिवेशनलाई संवाेधन गर्दै पूर्वमन्त्री राईले वास्तविकता लुकाएर गलत अफवाह फैलाउने कामले समस्या सृजना गरिरहेकाे बताएका हुन् ।
देशमा विकासले गति लिँदै गइरहेको उदाहरण दिदैँ नेता राईले भ्रम फैलाउनेहरुसँग...






























