- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ट्रमा र सर्जिकल आइसीयू सेवालाई थप व्यवस्थित बनाइएको छ । उपचार सेवालाई स्तरीय र व्यवस्थित बनाउँदै लगेको नोबेल अस्पतालले ट्रमा र सर्जिकल आइसीयू सेवालाई पनि थप व्यवस्थित बनाएको हो ।

Advertisement

दुर्घटनाजन्य चोटपटक लागेका र शल्यक्रिया गरिएका जटिल बिरामीलाई ट्रमा र सर्जिकल आइसीयूमा राखेर उपचार गर्ने गरिन्छ । ट्रमा र सर्जिकल आइसीयूलाई विस्तार र थप व्यवस्थित गरेर १५ बेड पुर्याइएको नायब अस्पताल निर्देशक डा.मुक्ति आचार्यले जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार थप बेड विस्तार गरिनेछ । जटिल अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटरसहितको आइसीयू कक्ष छुट्याइएको छ । एनेस्थेसिया विभागको अगुवाइमा सञ्चालन हुने यो आइसीयूमा सबै सर्जरी विभागका विशेषज्ञ डाक्टरहरूको समन्वयमा विशेष उपचार सेवा प्रदान गर्ने गरिन्छ ।

नोबेल अस्पतालमा आयोजित औपचारिक कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले रिबन काटेर सेवा विस्तारको उद्घाटन गरिन् । सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक शर्माले बिरामीहरूलाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यकता अनुसार अस्पतालको सेवा विस्तार गर्दै लगिने जानकारी दिइन् ।

सो अवसरमा प्राचार्य प्रा.डा.रामहरी घिमिरे, एनेस्थेसिया विभागका प्रमुख डा.बन्दना पौडेल लगायतले स्तरीय र भरपर्दो उपचारका कारण नोबेल अस्पतालले बिरामीको मन जित्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

ट्रमा र सर्जिकल आइसीयूसँगै नोबेल अस्पतालमा जेनेरल आइसीयू, न्यूरो आइसीयू, पेडियाट्रिक आइसीयूनियोनेटल आइसीयू पनि छ । ७५० बेडको नोबेलमा ६७ भेन्टिलेटरसहित १५० आइसीयू बेड छन् । नेपालका विभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि नोबेलमा आउँने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!