- संगालोखबर सम्वाददाता

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा लुगा खोलेर नाङ्गिएका छन्  । सोमबार प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसद सिंहले लुगा खोलेका हुन् ।

Advertisement

उनले बैठकमा आकस्मिक समय मागेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गन्जी खोलेर नाङ्गिदै विरोध जनाएका हुन् ।

सिंहले लुगा खोलेपछि अन्य सांसदहरुले पनि विरोध जनाए । सभामुख देवराज घिमिरेले असभ्य व्यवहार नदेखाउँन चेतावनी दिए । त्यसपछि सांसद सिंहले लुगा लगाएका छन् ।

अहिले संसद बैठक नियमित चलिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!