संगालोखबर सम्वाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागि नहुने भएको छ । पार्टी कार्यालय बसुन्धरामा शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारमा सहभागि नहुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

Advertisement

योसँगै अब रास्वपा प्रतिपक्षमा बस्ने भएको छ । बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेको जानकारी दिए ।

रास्वपाले समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!