सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्डमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–२ की २१ वर्षीया एक युवतीलाई प्रहरीले पक्राउ गरेको हो । बच्चा जन्माएपछि ती युवतीले गत आइतबार घरबाट करिब दुई सय मिटर पर रहेको खोल्सामा लगेर पातपतिङ्गरले छोपेर छाडेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे सूचना पाएर खटिएको टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घ...
विश्वकप छनोटको अन्तिम खेल यमनसँग खेल्दै नेपाल

विश्वकप छनोटको अन्तिम खेल यमनसँग खेल्दै नेपाल

विराटनगर । फिफा विश्वकप छनोट–२०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले मंगलबार राति यमनसँग खेल्दैछ । छनोटका लागि यो नेपालको अन्तिम खेल हो । समूह ‘एच’ मा रहेको नेपाल यसअघिका पाँचवटै खेलमा पराजित भएको छ । न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले यसअघि समूह चरणमा खेलेको पाँचै खेलमा गोल ...
एसईईको नतिजा असार दोस्रो साता आउने

एसईईको नतिजा असार दोस्रो साता आउने

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको कार्यालयले जनाएको छ । प्राविधिक त्रुटि नदेखिए असार पहिलो सातामै र कुनै समस्या भए दोस्रो साताभन्दा ढिलाइ नग...
कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा चारजना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा डा. सीताराम बस्नेत, किशोरकुमार राई, भवानी बराल र नमिता न्यौपानेलाई नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी छन् । यसैगरी, मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले मत दिएपछि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि ...
विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा सोमबार अपराह्न इन्धनको ट्यांकर र म्याजिक भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भ्यानमा रहेका पाँचजना यात्रु घाइते भएका छन् । दुर्घटनामा भ्यान चालक सुनसरीको इटहरी–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्त...
मनसुन नेपाल भित्रियो, यो वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने

मनसुन नेपाल भित्रियो, यो वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने

विराटनगर । यस वर्षको मनसुन सोमबार नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर विस्तार हुने जनाइएको छ । गत वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रह...
विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगर । सफा सडक अनि सडक पेटी । फोहोरको कुनै नाम निसान छैन । यस्तो सफा अनि स्वच्छ सहर कहाँको हो ? सोच्नुहोस् त । ‘यो पक्कै पनि विराटनगर महानगरपालिकाको हो’ भन्ने दिन कहिले आउने होला ? महानगरपालिका, महानगरबासी र फोहोर व्यवस्थापन गर्दै आएका संस्थाहरूले सक्रिय भएर आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने पक्कै पनि यस्तो अवस्था आउन धेरै समय लाग्दैन । अहिलेको अवस्था नियाल्दा आफ्नो कर्तव्य पालना गर्न सबै ...
सिक्कल प्रहार गरी आमाको हत्या गर्ने भोजपुरका एकजना पक्राउ

सिक्कल प्रहार गरी आमाको हत्या गर्ने भोजपुरका एकजना पक्राउ

भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले टाउकामा प्रहार गरी आमाको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार अरुण गाउँपालिका–४ ल्याङडाँडा, चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरिएको हो । उनले आइतबार राति आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहर...
मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईजना प्रहरीको मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुईजना प्रहरीको मृत्यु भएको छ । नियमित गस्तीमा गइरहेका उनीहरु चढेको मोटरसाइकल आइतबार बेलुका दुर्घटना भएको थियो । रत्नावतीस्थित प्रहरी चौकीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र भिमाद नगरपालिका–७ तनहुँ घर ...
सन्दीप लामिछाने वेस्टइण्डिजमा हुने विश्वकपका खेलमा सहभागी हुने

सन्दीप लामिछाने वेस्टइण्डिजमा हुने विश्वकपका खेलमा सहभागी हुने

विराटनगर । क्रिकेटर सन्दीप लामिछाने विश्वकप क्रिकेट अन्तर्गत वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । उनले दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेल खेल्ने छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट...
कोशी प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

कोशी प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

विराटनगर । मौसममा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा सोमबार वर्षा हुने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली ...
झापा र ओखलढुंगामा दुर्घटना: दुईजनाको मृत्यु

झापा र ओखलढुंगामा दुर्घटना: दुईजनाको मृत्यु

विराटनगर । झापा र ओखलढुंगामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुबै स्थानमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । झापाको दमक नगरपालिका–३ मा पर्ने दमक–मिक्लाजुङ कच्ची सडक खण्डमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ–१ का २२ सगुन राई गम्भीर घाइते भएका थिए । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका ...
सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय

धनकुटा । धनकुटामा परम्परागत खानपान, भौलिक भेषभूषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा आइतवारदेखि सांस्कृतिक उत्सव सुरु भएको हो । उत्सवको उद्घाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उत्सव त्यस अवसरमा विभिन्न जातिका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । धनकुटाको तल्लो टुँडिखेलमा किरात संस्कृतिको संरक्षण एवं उभौली पर्...
सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

सहकारीको ऋण चुक्ता गर्न धनकुटा नगरपालिकाको आग्रह

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता गर्न आग्रह गरेको हो । सहकारी संस्थाबाट सदस्यहरूकै बचत रकम कर्जाको रूपमा प्रवाह हुने भन्दै नगरपालिकाले ऋणी सदस्यहरूले अनेक बहानाबाजी गरी समयमै सावाँ र ब्याज नबुझाएको गुनासो आएपछि सूचना जारी गर्नुपरेको जनाएको छ । यस्तै, के...
अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

अवैध रुपमा सुन ल्याउने मोरङका युवकसहित चारजना पक्राउ

विराटनगर । अवैध रुपमा ल्याइएको सुनसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतवार चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना मोरङका युवक पनि छन् । प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका–९ घर भएका ३१ वर्षीय सरोज कोइराला, रौतहटका २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गाका २१ वर्षीय मोहमद अरमान र सप्तरीकै ३७ वर्षीय ज्याउदिन मिया पक्राउ परेका हुन् । भन्सार छलेर अवै...
कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । तीनजना न्यायाधीशको पूर्ण इजलासमा उक्त मुद्दाबारे सुनुवाइ गर्न पेशीमा राखिएको भए पनि स्थगित भएको हो । न्यायाधीशहरू सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । तीमध्ये पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेपछि आइतवार हुने भनिएको सुनुवाइ ...
विद्यार्थीहरुद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड

विद्यार्थीहरुद्वारा विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले विराटनगरमा आइतवार सरकारी गाडीमा आगजनी गरेका छन् । केही गाडीमा उनीहरुले तोडफोड समेत गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उनीहरुले कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको गाडीमा महेन्द्र मोरङ क्याम्पस अगाडि आगजनी गरेका हुन् । यसैगरी, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीम...
प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन तयार छुः गृहमन्त्री लामिछाने

विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षले उठाएका विषयमा आफू जवाफ दिन तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिजो पनि आफूमाथि लगाएको आरोपको जवाफ दिँदै आएको र भोलि पनि प्रतिपक्षले कुनै विषय उठाए त्यसको जवाफ दिने बताएका हुन् । देशको सूचना विदेशीलाई बेचेको भन्ने सन्दर्भको प्रश्नमा लामिछानेले आफूले संसदमा बोल्दा कुनै दलका नेताको नाम नलि...
एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्

धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् । धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भ...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए । उक्त रिटमा कार्की...
कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

कोशीमा एकै दिन १५ वटा दुर्घटना, २९ जना घाइते

विराटनगर । कोशी प्रदेशका चारवटा जिल्लामा शनिबार एकै दिन १५ वटा सवारी दुर्घटना भएका छन् । झापा, मोरङ, सुनसरी र भोजपुरमा भएका दुर्घटनामा २९ जना घाइते भएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बढी दुर्घटना मोरङ र झापामा भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा को ११ प ३४११ नम्बर मोटरसाइकलको ठक्करले पैदलयात्री स्थानीय ६३ वर्षीया कमला दाहाल घाइते भएकी छन् । उनको विराट टिचिङ अस्पतालमा उपचा...
फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

फेरि उठ्दै ‘कोशी’ नाम खारेजी र प्रदेश पुनःसंरचनाको माग

विराटनगर । देशका सातवटा प्रदेशमध्ये सबैभन्दा पछिल्लो पटक नामकरण भएको ‘कोशी प्रदेश’ नाम खारेजी गर्नुपर्ने माग फेरि उठ्न थालेको छ । प्रदेशसभाले तत्कालीन ‘प्रदेश नम्बर १’ लाई कोशी नामकरण गरेसँगै पहिचान पक्षधर संगठन र दलहरुले आपत्ति जनाउन थालेका थिए । उनीहरुले प्रदेशको नाम खारेज गर्नुपर्ने र पहिचानका आधारमा नामकरण गरिनुपर्ने माग जोडतोडले उठाए । महिनौंसम्म आन्दोलन भयो । प्रदेश राजधानी विराटनगरकेन्द्...
नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

नेकपा एमाले धनकुटाद्वारा नेताहरूलाई जिम्मेवारी बाँडफाँड

धनकुटा । नेकपा एमाले धनकुटाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्ला पार्टी कार्यालय श्रीवानीमा आज बसेको दोस्रो पूर्ण बैठकले विभागीय प्रमुख, निर्वाचन क्षेत्र संयोजक, पालिका इन्चार्ज, फाँट प्रमुख र वडा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो । नौं जना नेताहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष चिन्तन तामाङलाई स्थानीय विकास विभाग प्रम...
२ अर्ब ५० करोडको चिया र कफी निर्यात

२ अर्ब ५० करोडको चिया र कफी निर्यात

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा दुई अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । उक्त अवधिमा ९८ लाख ४९ हजार २८९ चिया र कफी निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको दुई करोड ६० लाख सात हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो । नेपालमा उत्पादन हुने अध...
धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटामा किराती समुदायले मनाए उभौली साकेला केलाङ

धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रो महत्वपूर्ण चाड उभौली साकेला केलाङ पर्व सांस्कृतिक उत्सवका रुपमा मनाएका छन् । लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्द्धन समिति साँगुरीगढीको आयोजनामा शनिवार यो पर्व मनाइएको हो । साँगुरीगढी गाउँपालिका–१ स्थित साकेला केलाङ पार्कमा भेला भएका किरात समुदायले यो पर्व भव्य रुपमा मनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेश सांसद तथा पूर्वमन्...
विवाद चर्किएपछि पत्रकार महासंघको निर्वाचन स्थगित

विवाद चर्किएपछि पत्रकार महासंघको निर्वाचन स्थगित

विराटनगर । नेपाल पत्रकार महासंघको शनिबार हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् । शुक्रबार राति सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त ...
माग पूरा गराउन दुग्ध उत्पादक किसानहरू आन्दोलित

माग पूरा गराउन दुग्ध उत्पादक किसानहरू आन्दोलित

विराटनगर । लामो समयदेखि भुक्तानी नपाएर मर्कामा परेका पूर्वका दुग्ध उत्पादक किसानहरु आन्दोलित बनेका छन् । आफ्ना समस्यामा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका संकलन केन्द्रहरुमा दुध लिएर पुगेका किसानहरुले आज कालोपट्टी बाँधेर धर्ना दिएको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । दुग्ध उत्पादक जिल्ला सहकारी संघ र दुग्ध उत्पादक लिमिटे...
राष्ट्रसंघीय कमिटीमा नेपाली महिला निर्वाचित

राष्ट्रसंघीय कमिटीमा नेपाली महिला निर्वाचित

विराटनगर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय विभाग ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । अमेरिकाको न्यूयोर्कमा शुक्रबार भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने जनाइएको छ । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भ...
सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

सहिदभूमिको नीति-कार्यक्रमः कृषक आत्मनिर्भरतादेखि रोजगारी सिर्जना प्राथमिकतामा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा नीति तथा कार्यक्रम पेश गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गरेका हुन् । ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, आर्थिक सबलीकरणका लागि कृषक आत्मनिर्भर कार्यक्रम...
गाँजा खेती खुला गर्ने संघीय सरकारको तयारी

गाँजा खेती खुला गर्ने संघीय सरकारको तयारी

विराटनगर । संघीय सरकारले गाँजा खेतीसम्बन्धी नियमावली बनाउने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजा खेतीसम्बन्धी नियमावली ल्याउने बताएका हुन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले यो जानकारी दिएका हुन् । औषधि र विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्न नियमा...
error: Content is protected !!