संगालोखबर


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले मत दिएपछि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि पाण्डेले विश्वासको मत पाएका हुन् ।

Advertisement

देवकोटासँगै नेपाली कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) ले पक्षमा मतदान गरे । नेकपा एमालेका २२ र माओवादी केन्द्रका ६ सांसदले विपक्षमा मत विभाजन गरे ।

सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने ढुक्क भएपछि बजेट नल्याइ विश्वासको मत लिएका हुन् ।

यसैबीच, संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री पाण्डेले लिएको विश्वासको मतलाई २०५१ सालमा नेपाली कांग्रेसले गरेको सांसद किनबेच र पजेरो काण्डको दोस्रो रुपको संज्ञा दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!