संगालोखबर

विराटनगर । झापा र ओखलढुंगामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुबै स्थानमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो ।

Advertisement

झापाको दमक नगरपालिका–३ मा पर्ने दमक–मिक्लाजुङ कच्ची सडक खण्डमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ–१ का २२ सगुन राई गम्भीर घाइते भएका थिए । टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–८ मा बागमती प्रदेश ०२–०१६ प ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक स्थानीय ३५ वर्षीय हस्तबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!