संगालोखबर


विराटनगर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय विभाग ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने जनाइएको छ ।

Advertisement

२३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त कमिटीको कार्यालय जेनेभामा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!