संगालोखबर


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्डमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–२ की २१ वर्षीया एक युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

बच्चा जन्माएपछि ती युवतीले गत आइतबार घरबाट करिब दुई सय मिटर पर रहेको खोल्सामा लगेर पातपतिङ्गरले छोपेर छाडेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे सूचना पाएर खटिएको टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!