संगालोखबर

विराटनगर । फिफा विश्वकप छनोट–२०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले मंगलबार राति यमनसँग खेल्दैछ । छनोटका लागि यो नेपालको अन्तिम खेल हो । समूह ‘एच’ मा रहेको नेपाल यसअघिका पाँचवटै खेलमा पराजित भएको छ ।

Advertisement

न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले यसअघि समूह चरणमा खेलेको पाँचै खेलमा गोल गर्न सकेको थिएन ।

यसअघि नेपाल घरेलु मैदानमा खेल्दा यमनसँग २–० ले पराजित भएको थियो । केही दिनअघि साउदीमै भएको यूएईविरुद्धको खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

समूहको पहिलो खेलमा पनि नेपाल अवे मैदानमा यूएईसँग ४–० ले पराजित भएको थियो । बहराइनविरुद्ध होम एण्ड अवे दुवै खेल बहराइनमा खेलेको नेपाल क्रमशः ५–० र ३–० ले पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!