संगालोखबर


धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् ।

धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भएर मिसन-२०८४ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘जनताको पक्षमा काम गरेर सबैको मन जित्न सफल रहेकाले एमाले धनकुटामा सबैभन्दा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित छ,’ नेता राईले भने, ‘सबै जना एकजुट भएर लाग्नुस्, जनताको मत जित्नुस्, फेरि पनि धनकुटामा क्लिन स्वीप गर्नुपर्छ ।’

Advertisement

२०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले धनकुटामा शानदार विजय हासिल गरेको थियो । संघ, प्रदेश र सात वटै स्थानीय तहमा एमाले विजयी भयो । पाख्रीवास नगरपालिकामा प्रमुख उपप्रमुखसहित वडाध्यक्षदेखि वडा सदस्यसम्म सबै पदमा विजयी हासिल गरेर एमालेले ‘क्लिन स्वीप’ गरेको थियो । अब फेरि पनि जिल्लामा ‘क्लिन स्वीप’ गर्ने गरी काम गर्न नेता राईले निर्देशन दिएका हुन् ।

जनप्रतिनिधिहरूलाई बरालिएर समय बर्बाद नगर्न पनि उनले निर्देशन दिए । जनताको काम गर्ने जिम्मेवारी काँधमा रहेकाले राम्रो काम गरेर जनताको मन जित्न जनप्रतिनिधिहरूलाई मन्त्री राईको सुझाव छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!