संगालोखबर


विराटनगर । मौसममा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा सोमबार वर्षा हुने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशीका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

Advertisement

सोमबार दिउँसो कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको सम्भावना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!