संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा चारजना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा डा. सीताराम बस्नेत, किशोरकुमार राई, भवानी बराल र नमिता न्यौपानेलाई नियुक्त गरेको हो ।

Advertisement

मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी छन् । यसैगरी, मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति पनि गठन गरेको छ ।

उक्त समितिमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी सदस्य छन् । समितिको सदस्य सचिवको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!