संगालोखबर
फाइल तस्वीर

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।

उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको कार्यालयले जनाएको छ । प्राविधिक त्रुटि नदेखिए असार पहिलो सातामै र कुनै समस्या भए दोस्रो साताभन्दा ढिलाइ नगर्ने कार्यालयको तयारी छ ।

Advertisement

गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक भएको थियो । यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने भएको छ ।

गत चैतमा सञ्चालित यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!