संगालोखबर

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा दुई अर्ब ५० करोड ६५ लाख २० हजार रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । उक्त अवधिमा ९८ लाख ४९ हजार २८९ चिया र कफी निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

Advertisement

गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपैयाँ बराबरको दुई करोड ६० लाख सात हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो ।

नेपालमा उत्पादन हुने अधिकांश चिया भारतमा निर्यात हुन्छ । केही परिमाणमा समुद्रपारका मुलुकमा पनि चिया निर्यात हुने गरेको छ । चिया उत्पादनबाट वार्षिक आठ अर्बभन्दा बढीको कारोबार हुने गरेको बोर्डको तथ्यांक छ ।

गत वर्ष एक करोड १९ लाख किलो चिया तेस्रो मुलुक निर्यात भएको थियो । बोर्डका अनुसार गत आर्थिक वर्षमा २० हजार हेक्टरमा चिया खेती भएको थियो । त्यति क्षेत्रफलबाट दुई करोड ६४ लाख एक हजार ९४२ किलो चिया उत्पादन भएको थियो ।

चिया खेतीमा प्रत्यक्ष रोजगारी पाउने एक लाखभन्दा बढी रहेको बोर्डले जनाएको छ । नेपालमा १६० भन्दा बढी चिया बगान छन् भने १७ हजारभन्दा बढी किसान यस क्षेत्रमा आबद्ध छन् ।

कोशी प्रदेशका इलाम, पाँचथर, झापा, धनकुटालगायत जिल्लामा चिया खेती हुने गरेको छ । मोरङको उत्तरी क्षेत्रमा पनि पछिल्लो समय चिया खेती बिस्तार भइरहेको बोर्डले उल्लेख गरेको छ ।

पूर्वका जिल्लामा पछिल्लो समय कफी खेती पनि बिस्तार भइरहेको छ । कफी खासगरी पाल्पा, गुल्मीलगायत पश्चिमका जिल्लाहरुमा बढी उत्पादन हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!