संगालोखबर

विराटनगर । संघीय सरकारले गाँजा खेतीसम्बन्धी नियमावली बनाउने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजा खेतीसम्बन्धी नियमावली ल्याउने बताएका हुन् ।

Advertisement

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले यो जानकारी दिएका हुन् । औषधि र विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्न नियमावली बनाउने उनले बताए ।

मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले एक महिनाभित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा समिति सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!