संगालोखबर

विराटनगर । लामो समयदेखि भुक्तानी नपाएर मर्कामा परेका पूर्वका दुग्ध उत्पादक किसानहरु आन्दोलित बनेका छन् । आफ्ना समस्यामा सरकारले ध्यान नदिएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

Advertisement

कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका संकलन केन्द्रहरुमा दुध लिएर पुगेका किसानहरुले आज कालोपट्टी बाँधेर धर्ना दिएको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । दुग्ध उत्पादक जिल्ला सहकारी संघ र दुग्ध उत्पादक लिमिटेलको अगुवाइमा विरोधका कार्यक्रम भएको हो ।

सरकारले गत फागुन १९ गते किसानसँग गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग किसानहरुले अघि सारेका छन् । सुनसरी, इलाम, झापा, मोरङलगायत जिल्लामा किसानले आन्दोलन गरिरहेका छन् ।

किसानहरुले सात महिनादेखि दुधको भुक्तानी पाएका छैनन् । अबिलम्व भुक्तानी पाउनुपर्ने साथै चिस्यान केन्द्रलाई निःशुल्क विद्युत, पशुपालन कर्जाको ब्याज निशुल्क गरिनुपर्ने र पशु बिमा निःशुल्क रुपमा गरिनुपर्ने लगायत माग किसानहरुको छ ।

प्रारम्भिक चरणको आन्दोलन असार ४ गतेसम्म जारी रहने संघले जनाएको छ । त्यसपछि पनि मागमा सुनुवाइ नभए अर्को चरणको आन्दोलन गरिने भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!