संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए । उक्त रिटमा कार्कीले आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन अन्तरिम आदेश माग गरेका छन् ।

Advertisement

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसदको संकल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।

उनलाई हटाएर नयाँ मुख्यमन्त्रीको रूपमा एमालेका हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै नियुक्त गरिएको थियो ।

त्यसो गर्नु संविधानविपरीत भएको भन्दै केदार कार्कीले रिट दायर गरेका थिए । यता, वर्तमान मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् बिस्तार गरिसकेका छन् । उनले विश्वासको मत पनि लिइसकेका छन् भने सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!