संगालोखबर

विराटनगर । यस वर्षको मनसुन सोमबार नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर विस्तार हुने जनाइएको छ । गत वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रहन्छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ । पानी धेरै पर्ने अनुमानसँगै गृह मन्त्रालयले विपद्बाट हुने क्षति घटाउनेसहित उद्धार र राहतका लागि कमान्ड पोस्ट स्थापना गरेर काम शुरु गरेको जनाइएको छ ।

यसैबीच, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न किसानलाई सुझाव दिएको छ ।

नार्कले सार्वजनिक गरेको कृषि–मौसम बुलेटिनअनुसार यो वर्ष मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम कम गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!