संगालोखबर


भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले टाउकामा प्रहार गरी आमाको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार अरुण गाउँपालिका–४ ल्याङडाँडा, चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरिएको हो । उनले आइतबार राति आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाएलगत्तै चरम्बीस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!