नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने

नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । राष्ट्रिय सूचना आयोगले आज काठमाडौंमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् । मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगा...
इलामबाट जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

इलामबाट जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

विराटनगर । इलाममा जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ परेका छन् । इलाम नगरपालिका-१२ साङरुम्बाका २४ वर्षीय मनोज भन्ने बुद्धिराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी हाल देउमाई नगरपालिका-७ सिद्धीथुम्का ससुराली घरमा बस्दै आएका थिए । इलाम प्रहरीका अनुसार २०८१ साल असार १८ गते २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेर लिम्बु फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डी...
मोरङको ग्रामथानबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

मोरङको ग्रामथानबाट जबरजस्ती करणी आरोपमा युवक पक्राउ

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ बाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहीबार बिहान सोही स्थानका २० वर्षीय आबिद अलि (मियाँ) लाई  प्रहरीले पक्राउ गरेको हो । अलिले ती बालिकालाई ललाई-फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले ...
मोरङको हरैँचामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको हरैँचामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगर-विराटचोक सडकखण्डमा पर्ने उक्त स्थानमा केही बेर अघि दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी-९ का ४० वर्षीय महमद हमिद मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । विराटचोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क नम्बरको टिपरले द...
उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ 

उदयपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ 

विराटनगर । उदयपुरको रौतामाई गाँउपालिका-७ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति चेकजाँचका क्रममा उदयपुरगढी-७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । उनका सम्बन्ध...
माओवादी कोशीको चुरे तराई जनसाङ्गितिक अभियान सुरु

माओवादी कोशीको चुरे तराई जनसाङ्गितिक अभियान सुरु

विराटनगर । कोशी प्रदेश माओवादी केन्द्रले चुरे तराई लक्षित जनसाङ्गितिक अभियान सुरु गरेको छ । बुधबार उदयपुरको कटारी बजारबाट ९ दिने ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले उद्‌घाटन गरे । अभियान अन्तर्गत बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले बताए । यस्तै आज उदयप...
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज प्रतितोला १० रुपैयाँले घटेर चाँदी दुई हजार रुपैयाँ...
संखुवासभामा बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु

संखुवासभामा बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु

विराटनगर । संखुवासभामा भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । चैनपुर-९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका ८ वर्षीय दिलीप भण्डारीको बिहीबार मृत्यु भएको हो । प्रहरीका अनुसार उनी त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव पोस्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाका सम्बन्धमा...
झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको बुद्धशान्ति गाँउपालिका-१ भोटेटार स्थित भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानका २४ वर्षीय प्रेम गुरुङको मृत्यु भएको हो । उनी ट्याक्टरका सह-चालक भएको खुलेको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार विरिङ खोलाबाट भोटेटार ...
लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेसन’ (फोटो फिचर)

लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेसन’ (फोटो फिचर)

काठमाडौं । जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा नेकपा एमालेले आज ‘युथ सेलिब्रेसन’ कार्यक्रमको गरेको छ । लोकतन्त्र दिवसको दिन भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा देशभरबाट पार्टीनिकट जनवर्गीय सङ्गठनका युवाहरू काठमाडौंमा भेला भएका छन् । कार्यक्रम स्थलमा कन्सर्टसँगै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन भइरहेका छन् भने छन् भने वक्ताका रूपमा १६ वर्षदेखि ४० वर्ष...
धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मा लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका चौबिसेवासीलाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले सुरु गरिएको लिफ्टिङ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । सङ्घीय सरकारको आर्थिक वर्ष २०८०-०८१ को योजना अनुसार १ करोड १५ लाख रुपैयाँ लागत अनुमानमा आयोजनामा सञ्चालन भइरहेको छ । आयोजना सम्पन्न भएपछि १, २ र ८ नम्बर ...
विराटनगरबाट ६ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगरबाट ६ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विराटनगर-१३ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उपमहानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङ छन् । उनीहरूलाई चेकजाँचका क्रममा ६ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको देवानगन्ज गा...
बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : सांसद शर्मा

बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : सांसद शर्मा

काठमाडौं । काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रतिनिधिसभा सांसद डा. सुनिल शर्माले बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शर्माले यस्तो बताएका हुन् । उनले मेडिकल कलेजहरूले विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको उल्लेख गरे । ‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर हात उठाएर भर्ना रो...
दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । सुनसरीको धरानमा दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश गल्फ सङ्घको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा बैशाख १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्ला साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट एमेचर, सिनियर, जुनियर र महिला गरेर झन्डै ८० जना खेलाडीको सह...
मोरङको विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ विराटचोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लाग्दा इलामको चुलाचुली गाउँपालिका-३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको हो । प्रहरीका अनुसार बिजुलीको पोलमा चढेर इन्टरनेटको तार विस्तार गर्ने क्रममा दुई जनालाई करेन्ट लागेको थियो । जसमध्ये लावतीको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले ज...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढ...
आज १९ औं लोकतन्त्र दिवस

आज १९ औं लोकतन्त्र दिवस

विराटनगर । आज १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरूको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्काली...
२०८२ वैशाख ११ गते बिहीबार/आजको राशिफल

२०८२ वैशाख ११ गते बिहीबार/आजको राशिफल

बि.सं २०८२ वैशाख ११ गते बिहीबार ई.सं २०२५ अप्रिल २४ नेपाल सम्वत् ११४५ चिल्लागा एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण एकादशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रह्म योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३३ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु प...
धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जना पक्राउ

धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जना पक्राउ

धनकुटा । धनकुटामा श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज पत्रकार सम्मेलन गर्दै  उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१० का २६ वर्षीय शोभित खड्का र धनकुटा नगरपालिका-६ स्थित बीच बजारका २४ वर्षीय सुनिल श्रेष्ठ छन् । धनकुटा बजारबाट विभिन्न समयमा मार्ट, सहकारी संस्था, मनी ट्रान्सफर, किराना पस...
धनकुटाको मुलघाटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटाको मुलघाटमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । कोशी राजमार्ग स्थित धनकुटा नगरपालिका-९ रुद्रबारीमा ट्याक्टर दुर्घटना भएकाे छ । दुर्घटनामा पहिचान नखुलेका अन्दाजी २० वर्षीय पुरुषको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आज दिउँसो करिब ३ बजे मुलघाटबाट धनकुटातर्फ जाँदै गरको को २ त ७९३४ नम्बरको ट्याक्टर टायर पम्पचर भएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । ट्याक्टर चालक फरार भएका छन् । उनकाे खोजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका ...
धनकुटा नगरपालिकाले पुरूष सञ्जाल गठन गर्दै 

धनकुटा नगरपालिकाले पुरूष सञ्जाल गठन गर्दै 

धनकुटा । धनकुटा नगरपालिकामा पुरुष सञ्जाल गठन हुने भएको छ । नगरपालिकाको ‘लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुष सञ्जाल गठन तथा सञ्चालन कार्यविधि, २०८१’ अनुसार सञ्जाल गठन गर्न लागिएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा पुरुषहरूको सहभागिता र सहकार्य अभिवृद्धिका लागि पुरूष सञ्जाल गठन गर्न लागिएको जनाएको छ । नगरभित्र बसोबास गर्ने जुनसुकै पेसा वा व्यवसायमा आवद्ध पुरु...
‘युथ सेलिब्रेसन’ का लागि धनकुटाबाट पाँच सय बढी युवाहरू काठमाडौँ जाँदै

‘युथ सेलिब्रेसन’ का लागि धनकुटाबाट पाँच सय बढी युवाहरू काठमाडौँ जाँदै

धनकुटा । युथ सेलिब्रेसनका लागि धनकुटाबाट पाँच सय भन्दा बढी युवाहरू काठमाडौँ जाने भएका छन् । लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले वैशाख ११ गते बिहीबार गर्न लागेको युवा उत्सवमा सहभागि हुन युवाहरू काठमाडौँ जान लागेका हुन् । भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि धनकुटाका सात वटै पालिकाबाट पाँच सय भन्दा बढी युवाहरूको टोली काठमाडौँ जाने क्रममा रहेको एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा ...
शैक्षिक सुधारका लागि अखिल क्रान्तिकारी कोशीको १२ बुँदे माग

शैक्षिक सुधारका लागि अखिल क्रान्तिकारी कोशीको १२ बुँदे माग

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न मागहरू अघि सार्दै आन्दोलनको चेतावनी दिएको छ । आज कोशी प्रदेश समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै १२ बुँदे माग सार्वजनिक गरेको हो । समितिले आफ्ना मागहरू सम्बोधनमा चासो नदिए सङ्घर्षमा उत्रने जनाएको छ । माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्नेगरी शिक्षा ऐन जार...
भोजपुरमा ट्याक्टरले किच्दा बालकको मृत्यु

भोजपुरमा ट्याक्टरले किच्दा बालकको मृत्यु

विराटनगर । भोजपुरमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार षडानन्द नगरपालिका-१२ का ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको हो । षडानन्द नगरपालिका-१४ मा को २ त ८६९७ नम्बरको रोकिराखेको ट्याक्टरमा खेलिरहेका उनलाई एक्कासि अगाडि बढेको ट्याक्टरले किचेको थियो । प्रहरीका अनुसार ट्याक्टर पार्किङ गरेर चालक खाना खान गएका थिए । सोही बेला बालक खेलिरहेका र अचानक अगाडि बढेको ट्याक्टर सडकबाट ...
धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मङ्गलबार राति जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा-७ की ५३ वर्षीया अन्जना तामाङ, उनका ज्वाइँ सुनसरी धरान-८ घर भइ ससुराली बस्दै आएका २२ वर्षीय मनिष धामी र सोही स्थानमा १९ वर्षीय ओम तामाङ छन्। उनीहरूलाई विभिन्न प्रतिबन्धित औषधि र लागूऔ...
धनकुटाका ‘कार्की साँइला’ को कथामा चलचित्र बन्ने

धनकुटाका ‘कार्की साँइला’ को कथामा चलचित्र बन्ने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ धापका भरिया ‘कार्की साँइला’ को जीवनीमा आधारित भएर चलचित्र बनाइने भएको छ । भारी बोकेर जीवन कटाएका स्व। कार्कीको जीवनीमा आधारित भएर ‘कार्की साँइला’ नामक चलचित्र बनाउन लागिएको हो । आगामी बैशाख २० गतेबाट धनकुटाका विभिन्न स्थानमा छायाङ्कन हुन लागेको चलचित्रको सोमबार काठमाडौंमा शुभमुहूर्त गरिएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीलाई शीर्ष भूमिकाम...
हालसम्मकै उच्च बिन्दुमा पुगेर सुनको मूल्य घट्यो

हालसम्मकै उच्च बिन्दुमा पुगेर सुनको मूल्य घट्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला सात हजार पाँच सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला पाँच रुपैयाँ घटेर चाँदी एक हजार नौ सय ६५ रुपैय...
सुनसरीबाट तीन सय २३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट तीन सय २३ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गाँजा लोड गरेको गाडी नेपालतर्फ पार्किङ गरेर कार्की भारतमा लागूऔषध ब्राउनसुगर लिन गएका थिए । उनलाई मंगलबार कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो वि...
मोरङको कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका-४ की अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा राखिएको छ । आज बिहान झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४...
२०८२ वैशाख १० गते बुधबार/आजको राशिफल

२०८२ वैशाख १० गते बुधबार/आजको राशिफल

बि.सं २०८२ वैशाख १० गते बुधबार ई.सं २०२५ अप्रिल २३ नेपाल सम्वत् ११४५ चिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३४ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ति...
धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट २० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित लेउती खोला पुलबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान २० किलो गाँजासहित सोही स्थानका २० वर्षीय अबि तामाङ पक्राउ परेका हुन् । बा ७३ प ३९१५ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँचको क्रममा पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । तामाङलाई जिल्ला प्रहरी कार्यालय धनकुटा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरील...
error: Content is protected !!