संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार मूल्य बराबरको सीसी क्यामेरा सहयोग गरिएको छ । जेनजी आन्दोलनका क्रममा धेरै सीसी क्यामेरामा क्षति पुगेपछि पुनर्स्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरेका हुन् ।

मोरङ उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० लाख ५० हजार र प्लाजा सेल्स प्रालिले १४ लाख मूल्य बराबरको सीसी क्यामेरा सहयोग गरेको हो ।

Advertisement

सीसी क्यामेरा सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिले आज जिल्ला प्रहरी कार्यालय मोरङमा हस्तान्तरण गरेका छन् । उपलब्ध गराइएका सामग्री तुरुन्तै जडान गरिने मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!