
विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिले इस्लाम धर्मको अपमान भएको भन्दै विराटनगरमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन् । लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्रीले मुस्लिम समुदाय लक्षित अभिव्यक्तिको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
मोरङ मुस्लिम समुदायले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको थियो । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम समुदायको धार्मिक आस्था, संस्कार र सामुदायिक सम्मानमा चोट पुगेको बताएका थिए ।


संगालोखबर 













