संगालोखबर


विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-७ चाँदवेलाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय आदित्य चौधरी छन् ।

सशस्त्र प्रहरीले आज बिहान चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेकोे बा १५ च २१७३ नम्बरको स्कारपियो गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । उक्त गाँजाको तौल एक क्विन्टल ५३ किलो रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको सुरक्षा फौजले गाँजा नियन्त्रणमा लिने क्रममा एक राउन्ड हवाई फायर गरेको थियो ।

नियन्त्रणमा लिइएका चौधरी स्कारपियो गाडीका चालक हुन् । मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई गाँजासहित शसस्त्र प्रहरीले सम्बन्धित निकायमा बुझाउने तयारी थालेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!