संगालोखबर


काठमाडौं । लोमश फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ । औषधि व्यवस्था विभागले प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ गुणस्तरहीन पाइएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले सूचना जारी गर्दै राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको भन्दै औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री-वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन दिएको हो ।

Advertisement

सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । यस्तै उक्त औषधी बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!