संगालोखबर


विराटनगर । विराटनगरमा औषधी व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले विभिन्न माग राख्दै औषधी व्यवस्था विभाग विराटनगरमा आज धर्ना दिएका छन् । औषधी ऐन २०३५ को संशोधनमा राखिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै व्यवसायीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने माग अघि सारेका छन् । उनीहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने माग राखेका छन् ।

Advertisement

एकल व्यक्तिको निर्णयबाट यस्तो नियम आएको भन्दै यसको विरुद्धमा पहिलो दिन शान्तीपूर्ण मौन धर्ना गरिएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले बताए । उनले मंसिर १६ गतेसम्म नियमित विरोधका कार्यक्रम गरिने जानकारी दिए ।

विरोध कार्यक्रम अर्न्तगत भोलि बिहान ११ देखि १ बजेसम्म विभागको प्राङ्गणमा २ घण्टा मौन धर्ना, शनिबार पसलमा कालो झन्डा र पाखुरामा कालोपट्टी बाँधेर सेवा प्रवाह, आइतबार विभागमा ११ देखि २ बजेसम्म धर्ना दिने जनाइएको छ ।

यस्तै सोमबार विभागमा ११ देखि ३ बजेसम्म धर्ना र मंगलबार विभागमा ११ देखि ४ बजेसम्म धर्ना दिने तथा मंसिर १६ गतेसम्म पनि मागको सुनुवाइ नभए सोही दिन बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गरिने तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!