
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













