संगालोखबर


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ११ः४५मा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।

चार खेल खेलेको विराटनगरले एक खेलमा पराजित हुँदै ६ अंक जोडेको छ । तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ । विराटनगर तालिकाको दोस्रो स्थानमा छ । कर्णाली पाँचौँ स्थानमा छ ।

Advertisement

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भएका चितवन र काठमाण्डु तेस्रो र चौथो स्थानमा छन् । समान दुई अंक भएका कर्णाली, पोखरा र लुम्बिनी पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् । अङ्कविहीन जनकपुर तालिकाको पुछारमा छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!