
धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौटका क्रममा धनकुटामा सहमतिका लागि निर्वाचन कार्यतालिकाको म्याद थप गरिएको छ ।
उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको थियो । तर उम्मेदवारहरूबीच सहमतिको प्रयास भइरहेकाले भोलि बिहान १० बजेसम्मका लागि म्याद थप गरिएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
१३ जना महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा ३२ जनाको उम्मेद्वारी परेको छ । एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष शिव आङ्ला, प्रदेश कमिटी सचिवालय सदस्य इन्द्रमणि पराजुली लगायत नेताहरूको टिमले सहमतिको प्रयास गरिरहेको छ ।
प्रयास भइरहेकाले सम्भवतः भोलि बिहानसम्ममा सहमति जुट्ने एमाले धनकुटाका सचिव पर्शुराम नेपालले जानकारी दिए ।

संगालोखबर 













