
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सामाजिक सुरक्षा कोषले डा सुनिल शर्माको काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । सामाजिक सुरक्षामा उत्कृष्ट योगदान पुर्याएको कदर गर्दै आठौँ सामाजिक सुरक्षा दिवसका प्रधानमन्त्री सुशीला कार्कीले सम्मान-पत्र प्रदान गरेकी हुन् ।
आर्थिक वर्ष २०७९/८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो ।
नेपाली काँग्रेसका युवा नेता डा. सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गरिब निमुखा बिमारीको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् ।
उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइते भएका सबैको नोबेल मेडिकल कलेज साथै काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरेका थिए । उनले देशका विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।

संगालोखबर 













