
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मनकामना चोकमा फलामे गेटले किचेर एक वृद्धको मृत्युृ भएको छ । बुधबार राति करिब ११ बजे कलाकार बिक्रमश्री इटहरी म्याट्रिक्स पार्कमा फलामे गेटले किचेर अन्दाजी ७५ वर्षीय कालुराम कार्कीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी सोही पार्कमा बस्दै आएका थिए । खोल्ने क्रममा भित्री भागपट्टी एक्कासि ढलेको फलामे गेटले किचेको अवस्थामा उनलाई फेला पारिएको सुनसरी प्रहरीले जनाएको छ ।
आज बिहान सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीले मृतकका छोरा भुपाल कार्कीलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













