
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-५ माङमाया खोला छेउमा कार र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कार चालक पाख्रीबास नगरपालिका–४ की २३ वर्षीय जुनु श्रेष्ठ र उनका बुबा ५५ वर्षीय जीवन श्रेष्ठ घाइते भएका छन् ।
प्रहरीका अनुसार जुनुको हातमा सामान्य चोट लागेको छ भने जीवनको टाउको र जिब्रोमा चोट लागेको छ । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार भोजपुरबाट विराटनगरतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ०६०२ नम्बरको ट्रक र पाख्रीबासबाट भोजपुरतर्फ जाँदै गरेको बा ५ च ३६८४ नम्बरको कार बिहान करिब ८ बजे एकआपसमा ठोक्किएका हुन् ।
कार सडकबाट करिब १० फिट तल खसेको छ । ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका-४ बयरवनका ३६ वर्षीय छत्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













