संगालोखबर

धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटका लागि धनकुटाबाट ३२ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ७, महिलातर्फ ४, ४० वर्षमुनिको युवा एक र दलित एकसहित १३ प्रतिनिधि छनोटका लागि ३२ जनाले उम्मेदवारी दिएका हुन् । दलिततर्फ एक जनाको मात्रै उम्मेदवारी परेकाले नैन विश्वकर्मा सर्वसम्मत भएका छन् ।

खुलातर्फ १८, महिलातर्फ ८ र युवातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् । खुलातर्फ चिन्तन तामाङ, अर्जुन छारा राई, पर्शुराम नेपाल, शिव आङ्ला लिम्बु, खजिन्द्र राई, इन्द्रमणि पराजुली, निरन राई, शान्तिराम गौतम, टंक बहादुर चुवान, दीपक बुढाथोकी, तिलक बहादुर कार्की, उमेश घिमिरे, प्रविण पोखरेल, निरेन तामाङ, गोपाल भट्टराई, चन्द्र बहादुर बस्नेत, मनोज राई र शेरबहादुर लिम्बुको उम्मेदवारी परेको छ ।

यस्तै महिलातर्फ गोमा कार्की, सम्झना आले, निर्मला इवाहाङ्ग, तुलशी राई, मञ्जु अधिकारी कार्की, मन कुमारी तितुङ्ग, यज्ञ कुमारी रुचाल र साबित्रा राईको उम्मेदवारी परेको छ । यसैगरी युवातर्फ रविन कटेल, सरोज राई, कमल कार्की, तुलसा पौडेल र बसन्त राईको उम्मेदवारी परेको छ ।

अब भोलि मंसिर ११ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सहमति जुट्न नसकेमा मंसिर १३ गते मतदान हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!