इन्दु साह/संगालोखबर


विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरूको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यले विशेष कार्यक्रम गर्ने भएको छ ।

३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ‘कोशी प्रदेशको सान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो ।

Advertisement

महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कार्यक्रमका बारेमा जानकारी गराएको हो । मंसिर १७ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने कार्यक्रममा कोशी प्रदेशका ७१ जना प्रतिभावान् अपाङ्गता भएका व्यक्तिहरूले कविता, वक्तृत्वकला, संगीत-गायन, अभिनय, क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला र नवप्रवर्द्धनसहित नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथि रहने कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता क्षेत्रका सरोकारवाला तथा विभिन्न संस्थासंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

कार्यक्रममा बुलु मुकारुङ, बसन्त सापकोटा, राजु लामा, मनु मञ्जिल, कृष्ण विनोद लम्साल, पृतम आचार्य लगायतका कलाकारहरूको पनि सहभागिता रहने छ । कार्यक्रम सम्पन्न गर्न करिब २७ लाख खर्च लाग्ने राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेश अध्यक्ष नवीनचन्द्र ढुङ्गेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!