संगालोखबर
तस्बिर : एआईको सहयोगमा

प्युठान । प्युठानको नौबहिनी गाउँपालिका-५ डामृमा पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार पार्किङमा रोकेर राखिएको भे २ त २०१९ नम्बरको ट्याक्टरमा दुई बालक खेलिरहेका थिए । सोही बेला ट्याक्टर एक्कासि ब्याक भएर करिब ४०० मिटर तल खसेको थियो ।

Advertisement

दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा सोही स्थानका रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा पनि घाइते भएका छन् । घाइते पारसलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक नौबहिनी गाउँपालिका-५ का २१ वर्षीय विकास परियार तथा ट्याक्टरका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!