विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको दुई लाख ५० हजार भारुसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय मनिष यादव छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शङ्का लागेर चेकजाँच गर्दा पाँच सय दरका भारतीय नोट पाँच सय थान फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनले बरामद नोटहरूको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई राजश्व अनुसन्धान ...
सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

सुनसरीको इनरुवा-कप्तानगञ्ज सडक निर्माणको ठेक्का रद्द

विराटनगर । हुलाकी सडकखण्डअन्तर्गत सुनसरीको इनरुवा देखि कप्तानगञ्जसम्मको सडक निर्माणको ठेक्का रद्द गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का रद्द गरिएको जनाएको हो । सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी) विराटनगरसँग तोडिएको सूचनामा उल्लेख गरिएको छ...
मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का भुपाल भण्डारी, रंगेली-७ का आनन्द साह, रंगेली-४ का रमेशकुमार मण्डल र रंगेली-३ का रुपक गौतम छन् । यस्तै रंगेली-६ का रूपेश यादव, कहटरी-२ का समिर क्षेत्री, सोही स्थानका दोर्जे प्रतीक तामाङ र जहदा-१ का गणपत यादव पक्राउ परेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्...
विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ । आज उनीहरूलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइ ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको हो । प्रहरीले हिजो ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाललाई पक्राउ गरेको थियो । आज समिर क्षेत्री, दोर्जे तामाङ, गणपति यादव र पंकज कुमार कामतला...
विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा भइरहेको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आज कोशी प्रदेशस्तरीय एकता सन्देश सभा गरेको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन्...
धनकुटाको जितपुर साफुमा भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने

धनकुटाको जितपुर साफुमा भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर साफुमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । उँधौली चासूवा तङनाम पर्वको अवसरमा मंसिर १६ देखि १८ गतेसम्म विविध कार्यक्रम गर्न लागिएको हो । किरात याख्या छुम्मा ७ नम्बर कार्य समितिको आयोजना तथा महालक्ष्मी नगरपालिका र वडा नम्बर ७ को प्रायोजनमा वडास्तरिय भलिवल प्रतियोगिता सञ्चालन हुनेछ । यस्तै डाकेनी नाच, च्याब्रुङ नाच र विविध सांस्कृति...
एमाले मोरङका पूर्व सचिव रूपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी प्रवेश

एमाले मोरङका पूर्व सचिव रूपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी प्रवेश

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीका पूर्वसचिव रूपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । आज विराटनगरमा आयोजित एकता सन्देश सभामा एमाले परित्याग गर्दै खतिवडा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् । खतिवडालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले क...
विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभा विराटनगरमा सुरु भएको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प...
काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारका क्रममा आज मध्याह्‍न निधन भएको हो । उनलाई आइतबार अस्पताल भर्ना गरिएको जनाइएको छ । रामनारायणलाई पिसाबसम्बन्धी सङ्क्रमण देखा परेको थियो भने सङ्क्रमण शरीरमा फैलिएको थियो । साथै मस्तिष्कमा पनि असर देखिएको थियो । रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

झापाबाट जेनजी आन्दोलनमा लुटिएका ५८ राउन्ड गोली बरामद

विराटनगर । झापाबाट बेवारिसे अवस्थामा ५८ राउण्ड गोली बरामद भएको छ । दमक नगरपालिका-७ स्थित पशुहाट बजार क्षेत्रबाट सेतो प्लास्टिकको पोकाभित्र राखिएको अवस्थामा गोली बरामद भएको हो । बरामद भएको ५८ राउन्ड गोलीमध्ये ७.६२ एमएमको ३०३ राइफलका ८ थान छन् । प्रहरीका अनुसार यी गोलीहरू जेनजी आन्दोलनको समयमा लुटिएका हुन् । बरामद गरिएका गोली आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मोरङको रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र रङ्गेली नगरपालिकाको संयुक्त आयोजनामा आइतबार साँझ दुई हजार आठ सय दीप प्रज्वलन गरिएको हो । लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव यादव प्रसाद दुलालले जानकारी दिए । दीप प्रज्वलनम...
मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

रंगेली । मोरङको रंगेली नगरपालिकाले किशोरी स्वास्थ्य परामर्श सम्बन्धि एकदिने मेला आयोजना गरेको छ । आइतबार जनता क्याम्पसमा भएको मेलामा रंगेली नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६ देखि १२ कक्षासम्मका छात्रा विद्यार्थीहरू सहभागी थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको मेलामा कोशी प्रदेशका विभिन्न सामाजिक सङ्घसंस्थाले २० वटा बढी स्टलहरू राखेका थिए । मेलाम...
सुनको मूल्य १४ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य १४ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार छ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढे...
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा विराटनगरबाट पाँच जना पक्राउ

सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा विराटनगरबाट पाँच जना पक्राउ

विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयहरूमा तोडफोड र आगजनी रहेको आरोपमा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये पौडेल नेपाली काँग्रेस, साह नेकपा (एमाले) र ...
धनकुटाबाट चुनिए सबै ओली पक्षका महाधिवेशन प्रतिनिधि

धनकुटाबाट चुनिए सबै ओली पक्षका महाधिवेशन प्रतिनिधि

धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिएको हो । खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र संझना आले निर्वाचित भए । यता, युवातर्फ सरोज राई निर्वा...
अपडेट : धनकुटामा शैक्षिक भ्रमणबाट फर्कँदै गरेको बस दुर्घटना, २९ जना घाइते

अपडेट : धनकुटामा शैक्षिक भ्रमणबाट फर्कँदै गरेको बस दुर्घटना, २९ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः२५ बजे कोशी लोकमार्गमा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल दुर्घटना भएको हो । प्रहरीका अनुसार रामधुनी नगरपालिका-५ मा रहेको पिंक लोटस इंग्लिस स्कुलको बस शैक्षिक भ्रमण सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । बसमा ३६ जना विद्य...
धनकुटाको रमाइलो घुम्तीमा बस दुर्घटना

धनकुटाको रमाइलो घुम्तीमा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-७ स्थित रमाइलो घुम्तीमा बस दुर्घटना भएको छ । अहिले केहीबेर अघि बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।  घाइतेहरूलाई उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सुनसरीको रामधुनीस्थित पिंक लोटस इंग्लिस स्कुलबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी र शिक्षक लिएर आएको बस दुर्घटनामा परेको खुलेको छ । थप विवरण आउन बाँकी ...
विराटनगरमा ११ करोडको लगानीमा खुल्यो प्राइम अस्पताल

विराटनगरमा ११ करोडको लगानीमा खुल्यो प्राइम अस्पताल

विराटनगर । विराटनगर-७ अस्पताल चोकस्थित पुरानो गोल्डेन अस्पतालको भवनमा प्राइम अस्पताल सञ्चालनमा आएको छ । ११ करोड लागतमा सञ्चालनमा ल्याइएको अस्पतालको आज एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको छ । युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिएको बताए । २५ बेड क्षमता रहेको अस्पतालमा १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रवाह गर्नेछन् । अस्पतालमा उपच...
एमाले महाधिवेशनका लागि संखुवासभाबाट प्रतिनिधि चयन 

एमाले महाधिवेशनका लागि संखुवासभाबाट प्रतिनिधि चयन 

संखुवासभा । संखुवासभामा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयन भएका छन् । शनिबार भएको मतदानमा १० वटै पालिकाबाट सात जना प्रतिनिधि चयन भएका हुन् । महाधिवेशन प्रतिनिधिअन्तर्गत खुलातर्फ विदुर कुमार लिंथेप, खड्ग बहादुर राई र भविश्वर गुरुङ चयन भएका छन् । यस्तै महिलातर्फ सुनिता कटुवाल कार्की र उर्मिला नेपाल सुवेदी तथा युवातर्फ फुर्वा शेर्पा निर्वाचित भए । दलित क्लष्टरमा इ...
कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । सो अवसरमा उनले निर्माणाधीन भवनको काम तोकिएको समयसिमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माणाधीन दुई वटै भवन निर्धारित समयमा नै तयार गरेर हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले भवन निर्माणका लागि जनशक्ति थप ...
एमालेले सार्वजनिक गर्‍यो महाधिवेशनको लोगो

एमालेले सार्वजनिक गर्‍यो महाधिवेशनको लोगो

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित सूर्यभित्र हँसिया हथौडा समेटिएको छ । कार्यक्रममा महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने जिग्न...
एमाले महाधिवेशनका लागि ओखलढुङ्गाबाट को-को भए निर्वाचित ?

एमाले महाधिवेशनका लागि ओखलढुङ्गाबाट को-को भए निर्वाचित ?

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुङ्गाबाट १२ जना प्रतिनिधि निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट विजयी भएका सबै प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका छन् । ओखलढुंगाबाट खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत निर्वाचित भएका छन् । महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र र...
एमाले महाधिवेशन : इलामबाट सुहाङसहित २० जना प्रतिनिधि चयन

एमाले महाधिवेशन : इलामबाट सुहाङसहित २० जना प्रतिनिधि चयन

विराटनगर । इलाममा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका हुन् । इलाम क्षेत्र नम्बर १ बाट खुला तर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । यस्तै महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शि...
मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

विराटनगर । पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ । बिहीबार एकै दिन दुई कैदीबन्दीको मृत्यु भएकोमा शनिबार पनि एक कैदीको मृत्यु भएको छ । योसँगै मोरङ कारागारमा वैशाखयता मृत्यु हुने कैदीबन्दीको संख्या १४ पुगेको छ । शनिबार लागूऔषध मुद्दाका थुनुवाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका-१ घर भएका ३७ वर्षीय राजु भन्ने टंकबहादुर दर्जीको मृत्यु भएको...
सुनचाँदीकै मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीकै मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ४५ रुपैयाँ...
एमालेको महाधिवेशन प्रतिनिधि छनोट : मोरङ क्षेत्र नम्बर ६ बाट ढकालको प्यानल विजयी

एमालेको महाधिवेशन प्रतिनिधि छनोट : मोरङ क्षेत्र नम्बर ६ बाट ढकालको प्यानल विजयी

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए ।  उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकालले सर्वाधिक एक हजार ५२७ मत पाएका छन् । ...
सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएको भन्दै नेता शर्माको आपत्ति

सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएको भन्दै नेता शर्माको आपत्ति

काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो नाम, अभिव्यक्ति र राजनीतिक धारणा जोडेर विभिन्न भ्रामक र अपुष्ट  सामग्री फैलिएको भन्दै नेपाली काँग्रेसका युवा नेता डा .सुनील कुमार शर्माले आपत्ति जनाएका छन् । शर्माले आफूलाई जोडेर बनाइएका फेक सामग्री, तोडमोड गरिएको अभिव्यक्ति र अदालत, संविधान तथा लोकतान्त्रिक व्यवस्था जस्ता संवेदनशील विषयमा गरिएका मिथ्या दाबीहरू अत्यन्त चिन्ताजनक रहेको उल्लेख गरेका छन् । उनका अ...
इलाममा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

इलाममा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

इलाम । इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाईमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा इलाम नगरपालिका-९ गोलबस्तीका २६ वर्षीय डेबिड थापा मगर र माईजोगमाई-१ नयाँबजारका १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको...
धनकुटामा एमाले असन्तुष्ट पक्षले भन्यो, ‘विधि विपरित मनोमानी गरिएको मतदान मान्य हुँदैन’   

धनकुटामा एमाले असन्तुष्ट पक्षले भन्यो, ‘विधि विपरित मनोमानी गरिएको मतदान मान्य हुँदैन’   

धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने क्रममा धनकुटामा विवाद भएको छ । सहमति गर्ने भनेर उम्मेद्वारी फिर्ता लिन लगाई एमाले केन्द्रिय सदस्य राजेन्द्र राई पक्षले विधि विपरित मतदान गराउन खोजेको भन्दै नेता इन्द्रमणि पराजुली पक्षले विरोध जनाएको छ । महाधिवेशन प्रतिनिधिका लागि प्यानलसहित उम्मेद्वारी दर्ता गराएको सो समूहले आज धनकुटामा पत्रकार सम्मेलन गरेर गुटको स्वार...
एमाले महाधिवेशन: धनकुटामा सहमति नभएपछि थालियो मतदान

एमाले महाधिवेशन: धनकुटामा सहमति नभएपछि थालियो मतदान

धनकुटा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न धनकुटामा मतदान थालिएको छ । सर्वसम्मत गर्ने प्रयास सफल नभएपछि मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गर्ने प्रकृया अघि बढाइएको हो । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । एमाले जिल्ला कमिटीले आज बिहान सूचना जारी गरेर पार्टी सदस्यहरूलाई मतदानमा सहभागि हुन आव्हान गरेको छ । यता, असन्तुष्ट इन्द्रमणि पर...
प्याब्सन कोशीको आयोजनामा एकदिने ‘लिडरसिप समिट’ हुँदै

प्याब्सन कोशीको आयोजनामा एकदिने ‘लिडरसिप समिट’ हुँदै

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । बदलिँदो शैक्षिक परिवेश अनुसार विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले मंसिर २६ गते सुनसरीको इटहरीमा एक दिवसीय ‘लिडरसिप समिट’ गर्न लागेको हो । विद्यालय नेतृत्वलाई दिगो, व्यावसायिक, समावेशी र भविष्यमुखी बनाउँदै विद्यालयलाई सुरक्षित र सिकाइमैत्री बनाउन सहयोग पुर्याउने उद्दे...
error: Content is protected !!