संगालोखबर


विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट सर्वसम्मत प्रतिनिधि निर्वाचित भएका छन् । यसअघि १४ जनाले मनोनयन दर्ता गराएकामा अन्यले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

खुलातर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडीया, महिलामा उषा झा र शान्ता डंगोल तथा ४० वर्षमुनिको युवामा मो. हमिद आजाद चयन भएका छन् । निर्वाचन समितिले सर्वसम्मत हुने प्रतिनिधिको नाम सार्वजनिक गर्न बाँकी छ ।

Advertisement

मोरङका अन्य क्षेत्रमा भने निर्वाचनबाटै प्रतिनिधि छनोट हुने भएका छन् । मोरङ क्षेत्र नम्बर १, २, ३, ४, ६ र दलित क्षेत्रमा निर्धारित कोठाभन्दा बढी उम्मेदवारी परेका कारण शनिबार निर्वाचन हुनेछ । निर्वाचनबाट प्रतिनिधि छनोट हुनेछन् । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंका हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!