संगालोखबर


झापा । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब सात सय २३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले बिहीबार सूचना जारी गर्दै हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको पुलको ठेक्का तोडिएको जनाएको हो ।

पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । पक्की पुल डिजाइन एण्ड बिल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रमसँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो ।

Advertisement

पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गर्ने भनिए पनि पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्द गरिए पछि निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत भएको छ ।

योजना कार्यालय इटहरीले निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण पनि सोधेको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको योजना कार्यालयले जनाएको छ ।

ठेक्का तोडेसँगै हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकंन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!