संगालोखबर
फाइल तस्बिर

झापा । पूर्वी नाका काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख बराबरको मात्रै चिया निर्यात भएको छ । गतवर्षको यही अवधिको तुलनामा यस वर्ष ३७ प्रतिशतले चिया निर्यातमा कमी आएको छ ।

मेची भन्सार कार्यालयका अनुसार प्रथम चौमासिकमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको छ ।

Advertisement

गत आर्थिक वर्षको यो अवधिमा दुई अर्ब २० करोड ४८ लाख बराबरको चिया निर्यात भएको थियो । चालु आर्थिक वर्षमा चिया ८३ करोड १७ लाख ६२ हजारले कम निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!