संगालोखबर


काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोट राष्ट्र बैंकले आजबाट बजारमा ल्याएको हो । उक्त नोट संकेत नं. २० क ०००००१ देखि ४० घ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, मध्य भागमा नेपालको लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा, मध्य भागमा अशोक स्तम्भको चित्र, दृष्टिविहीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

नोट २ मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको केन्द्रीय बैंकले जनाएको छ । नोटमा नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!