संगालोखबर
तस्बिर : एआईको सहयोगमा

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेको बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङका कारण सोही स्थानकी अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी र ५५ वर्षीया रिता देवी सहनी घाइते भएका छन् । यस्तै ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी  र ३५ वर्षीया संगीता देवी घाइते भएका हुन् ।

Advertisement

घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये कुश्मी देवीको अवस्था गम्भीर छ । प्रहरीका अनुसार अन्य पाँच जनाको अवस्था मध्यम छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!