
धनकुटा । धनकुटा नगरपालिका-६ स्थित गोठगाउँमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आज दिउँसो करिब २ बजे सोही स्थानका अन्दाजी ४४ वर्षीय भरत भनिने प्रेम न्यौपाने मृत भेटिएका हुन् ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीका अनुसार न्यौपानेको शव गोठगाउँस्थित खोल्सीमा भेटिएको हो । शवलाई कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार उनी २/३ दिनदेखि बेपत्ता थिए । आफन्त लगायतले खोजी गरिरहेको अवस्थामा आज उनको शव फेला परेको हो । उनी बेपत्ता हुनुको कारण खुल्न बाँकी छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।

संगालोखबर 



















