
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो ।
आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















