बिर्तामोडमा माइक्रोबसको ठक्करबाट पाँचथरका लिम्बुको मृत्यु

बिर्तामोडमा माइक्रोबसको ठक्करबाट पाँचथरका लिम्बुको मृत्यु

झापा । झापाको बिर्तामोड–५ मा गएराती माईक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बु छन् । हिडिरहेको अवस्थामा लिम्बुलाई राती करिब सवा ९ बजे बा.४ ख.५१०० नम्बरको माइक्रोबसले ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रोबस र चालक भद्रपुरका बाबुराम कटेललाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्र...
प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण, ३८ जना डिस्चार्ज

प्रदेश १ मा थप ७९ जनामा कोरोना संक्रमण, ३८ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२ र ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ८ महिला १६ पुरुष, बुढीगंगाका ५ जना, बेलबारी र धनपालथानका ३/३ जना, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १/१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको इटहरीमा २ मह...
धरानमा थप दुई कारोना संक्रमितको मृत्यु

धरानमा थप दुई कारोना संक्रमितको मृत्यु

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा मोरङका ५५ वर्षीय पुरुष र सप्तरीका ७० वर्षीय बृद्धको मृत्यु भएको हो । मोरङको कानेपोखरी-१ का संक्रमित पुरुषको बिहीबार साँझ साढे आठ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । उनलाई आन्द्राको क्यान्सर थियो । क्यान्सर शरीरका अन्य भागमासमेत फैलिसकेको अवस्था र...
धरानमा रुखको हाँगा झरेर लाग्दा बहिनीको मृत्यु, दिदी घाईते

धरानमा रुखको हाँगा झरेर लाग्दा बहिनीको मृत्यु, दिदी घाईते

सुनसरी । धरानमा रुखको हाँगा झरेर लाग्दा एक बालिकाको मृत्यु भएको छ । घर नजिक हिड्दै गरेको अवस्थामा रुखको हाँगा झरेर लाग्दा धरान उपमहानगरपालिका–१४ दुईधारेका बिष्णु राईकी ३ बर्षीया छोरी एबिसाको मृत्यु भएको हो । रुखको हाँगाले झरेर टाउकोमा लाग्दा एबिसा गंभीर घाईते भएकी थिईन् । उनलाई धरानबाट थप उपचारका लागि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । न्यूरोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको...
मावली घरको छतबाट झर्दा बालिकाको मृत्यु

मावली घरको छतबाट झर्दा बालिकाको मृत्यु

झापा । झापामा छतबाट झर्दा गएराती एक बालिकाको मृत्यु भएको छ । बिर्तामोड–५ मा घरको छतबाट झर्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो । गएराती करिव १० बजे खाना खाईसकेपछी छतमा गएर तल हेर्ने क्रममा झर्दा बालिका गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिका ५ दिन अघि काठमाडौंबाट मावली घरमा आएकी थिईन् । मावली घरकै छतब...
धनकुटामा पहिरोका कारण जनधन गुमाएका परिवारलाई काँग्रेसद्वारा सहयोग

धनकुटामा पहिरोका कारण जनधन गुमाएका परिवारलाई काँग्रेसद्वारा सहयोग

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका पहिरोपीडित एक परिवारलाई नेपाली काँग्रेस धनकुटाले आर्थिक सहयोग गरेको छ । सिसिरेका पहिरोपीडित धनबहादुर लिम्बुको परिवारलाई काँग्रेसले ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । काँग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले पहिरोपीडित लिम्बुलाई सहयोग रकम हस्तान्तरण गरे । सहयोगका लागि काँग्रेसका जिल्ला सभापति पौडेल, सचिव बिजयसन्तोषी राई,...
आइतबारबाट मौसम सफा हुने

आइतबारबाट मौसम सफा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भएको हो । शुक्रबार देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ...
बिराटनगरको मेरिल्याण्ड कलेज मूलुककै उत्कृष्ट सातमा

बिराटनगरको मेरिल्याण्ड कलेज मूलुककै उत्कृष्ट सातमा

बिराटनगर । बिराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेज एक सञ्चार संस्थाले गरेको सर्वेक्षणमा मूलुककै उत्कृष्ट कलेजको सातौं स्थानमा परेको छ । काठमाडौंको अनामनगरस्थित केन्द्रविन्दु अनलाईनले कक्षा ११ र १२ पढाई हुँने देशभरका कलेजको बिभिन्न कोणबाट सर्वेक्षण गरी २५ कलेजको सूचि सार्वजनिक गर्दा मेरिल्याण्डलाई सातौं स्थानमा राखेको हो । सो सर्वोक्षणले मेरिल्याण्डलाई प्रदेश नं. १ को सर्वोत्कृष्ट कलेजको रुप...
तेह्रथुममा बैठक बोलाएर विद्यालय व्यवस्थापन समिति अध्यक्षले गरे आत्महत्या

तेह्रथुममा बैठक बोलाएर विद्यालय व्यवस्थापन समिति अध्यक्षले गरे आत्महत्या

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर  आत्महत्या गरेका छन् । बिहान १० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किएका इङ्नाम अपराह्न २ बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए । खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाउँमा झुन्डिएको अवस्थामा इङ्नामको शव फेला परेको वडा नं ४ का वडाध्...
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ४३ प्रतिशत संक्रमित औषधि बिनै निको भए

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ४३ प्रतिशत संक्रमित औषधि बिनै निको भए

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहिबार थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको हो । तर, सक्रिय संक्रमितको संख्या भने ३ हजार ४ सय ४५ मात्र छ । प्रदेशमा हालसम्म १ लाख १८ हजार ८ सय १० जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये १ हजार ८ सय ११ महिला र ४ हजार २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन...
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु, पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा गयो ज्यान

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु, पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा गयो ज्यान

धनकुटा । धनकुटामा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ । बिजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा चौबिसे गाउँपालिका–३ का ५६ बर्षीय भक्त बहादुर दर्जीको मृत्यु भएको हो । चौबिसे–२ स्थित जंग सामुदायिक बनमा बिद्युत लाईनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा दर्जीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए । सल्लाको दियालो खोज्न ज...
धरानको होटलमा युवक मृत फेला, सँगै बसेका तीन युवती प्रहरी नियन्त्रणमा

धरानको होटलमा युवक मृत फेला, सँगै बसेका तीन युवती प्रहरी नियन्त्रणमा

धरान । धरान–१८ मा रहेको सोलुखुम्बु होटलमा एक युवा मृत फेला परेका छन् । झापाको माइधारा घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । तन्नाको पासो लगाएर पंखाको रडमा झुण्डिएको अवस्थामा दर्नालको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले संगालोखबरलाई जानकारी दिए । ‘दर्नाल र धरानकी एक विवाहित महिल...
उदयपुरमा लागुऔषध ओसारपसारमा संलग्न श्रीमान श्रीमतीसहित आठ जना पक्राउ

उदयपुरमा लागुऔषध ओसारपसारमा संलग्न श्रीमान श्रीमतीसहित आठ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे छन् । बिशेष सुराकीका आधारमा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा ...
बिराटनगरमा जुटमिलको पर्खाल भत्किएर किच्दा महिलाको मृत्यु

बिराटनगरमा जुटमिलको पर्खाल भत्किएर किच्दा महिलाको मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–१५ रानी एरियामा आज जुटमिलको पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब साँढे ८ बजे बिराट जुटमिलको पर्खाल भत्किएर किच्दा स्थानीय ५५ बर्षीया समिरु नेसाको मृत्यु भएको हो । कलमा पानी लिन जाँदै गर्दा उनलाई पर्खाल भत्किएर किचेको हो । किचिएर गंभीर घाईते भएकी उनलाई उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो साढे १२ बज...
ताप्लेजुङमा एक युवाले आक्रमण गर्दा तीन जना घाईते

ताप्लेजुङमा एक युवाले आक्रमण गर्दा तीन जना घाईते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । गएराति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते...
निरन्तर ओरालो लाग्दै सुनको मूल्य

निरन्तर ओरालो लाग्दै सुनको मूल्य

काठमाडौं । एक साता यता सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज पनि सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो । घट्दो क्रममा रहेको सुनको मूल्य आज तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १ हजार १ सय २० रुपैयाँमा कारोबार...
झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापामा खोलाले बगाउँदा बालकको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ स्थित रेखा खोलाले बगाउँदा स्थानीय राजु मर्डीका दुई वर्षीय छोरा जीवनको मृत्यु भएको हो । गएराति करिव ९ बजे घर नजिकको खोला छेउमा खेल्दाखेल्दै उनलाई बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा आज बिहान करिव ६ बजे शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोस्टमार्टमका लागि भद्रपुरस्थित...
नेपालमै बन्न थाल्यो कोभिड-१९ को एन्टिभाइरल औषधि

नेपालमै बन्न थाल्यो कोभिड-१९ को एन्टिभाइरल औषधि

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, ...
प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि तालिम दिईने

प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि तालिम दिईने

विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक/एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिने गरी सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको हो । प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्...
भोजपुरमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

भोजपुरमा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । पक्राउ परेका...
गौतमलाई तत्काल संबैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश

गौतमलाई तत्काल संबैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश

काठमाडौं । केही दिन अघि राष्ट्रियसभा सदस्यमा नियुक्त भएका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई तत्काल संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई तत्काल कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । मन्त्रीपरिषद्को सिफारिस अनुसार गौतमलाई गत असोज १ गते राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ८६ (२) (ख) ...
धनकुटामा पहिरोले घर भत्काउँदा नाबालिकाको मृत्यु

धनकुटामा पहिरोले घर भत्काउँदा नाबालिकाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ सिरिसेमा बुधबार दिउँसो पहिरोले घर भत्काउँदा किचिएर एक नाबालिकाको मृत्यु भएको छ । एक जना घाईते छन् । दुई चौपायसमेत पुरिएर मरेका छन् । अबिरल बर्षासँगै खसेको पहिरोले सिरिसेका धनबहादुर लिम्बुको घर भत्काउँदा उनकी ७ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । दिउँसो करिब १२ बजे खाना खाँदै ...
प्रदेश १ का छ जिल्लामा थपिए ८७ कोरोना संक्रमित, २७ डिस्चार्ज

प्रदेश १ का छ जिल्लामा थपिए ८७ कोरोना संक्रमित, २७ डिस्चार्ज

विराटनगर । प्रदेश १ का छ जिल्लामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका ४२, सुनसरीका ३७, झापाका ४, पाँचथरका २ तथा ताप्लेजुङ र तेह्रथुमका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १/१...
छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । वि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासह...
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एक...
ओखलढुंगामा करेन्ट लागेर सुपरभाईजरको मृत्यु

ओखलढुंगामा करेन्ट लागेर सुपरभाईजरको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । सिद्धिचरण–१२ सिमलडाँडा मोलुङका २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनी मोलुङ खोला हाईड्रोपावर ट्रान्समिसन लाईनका सुपरभाईजर हुन् । बिहान करिव ११ बजे सिमलडाँडामा बिजुली सप्लाईको मेन्टिनेन्सका लागि जम्पर छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए । बिद्युत सर्ट भई करेन्ट लागेर पोलमै अड...
वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको औरी–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । संक्रमित ती पुरुषमा मस्तिष्क पक्षघात भई पटक–पटक मृगिको दौरा आउँने, टाउको दुख्ने, बान्ता हुँने समस्या देखिएको थियो । न्यूरो अस्पतालमा भर्ना भएका उनलाई त्यहाबाट रेफर गरेर धरान पठाईएको हो । प्रतिष्ठानमा हिजो साँझ करिब ७ बजे...
सुनसरीमा टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु, टिपर चालक पनि घाईते

सुनसरीमा टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु, टिपर चालक पनि घाईते

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–१ स्थित राजमार्गमा आज टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ बर्षीय राजकुमार यादब छन् । बिहान पौने ११ बजे को.१ ख.६२१६ नम्बरको टिफरले साईकलयात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने टिपरसमेत अनियन्त्रीत भई पल्टिएको छ । टिफर पल्टिँदा सप्तरीका ४७ बर्षीय चालक नोखनी मण्...
एकैपटक ५ सय ७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेहाल

एकैपटक ५ सय ७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेहाल

सिरहा । एकैपटक ५ सय ७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीब...
धनकुटाको चानुवामा गोठ भत्किएर किच्दा मरे पाँच चौपाय, चार लाखको क्षति

धनकुटाको चानुवामा गोठ भत्किएर किच्दा मरे पाँच चौपाय, चार लाखको क्षति

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवास्थित डाँडाखर्कमा आज बिहान गोठ भत्किएर किच्दा पाँच चौपाय मरेका छन् । ढुंगा माटोले बनेको दुई तले गोठ भत्किदा गाई, गोरु र तीन वटा बाख्रा किचिएर मरेका हुन् । अबिरल बर्षाका कारण बिहान करिब ४ बजे गोठ भत्किएर किच्दा पाँच चौपाय मर्नुका साथै अन्य केही चौपाय घाईते भएको स्थानीय लेखनाथ पौडेलले बताए । सो गोठमा दुई दर्जन बढी चौपाय थिए । गोठ भत्किदा पुरिएका बस्त...
आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आज १ हजार २ सय ३० रुपैयाँमा का...
error: Content is protected !!