प्रदेश १ मा थपिए १७५ कोरोना संक्रमित, १७४ डिस्चार्ज

प्रदेश १ मा थपिए १७५ कोरोना संक्रमित, १७४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ७५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७ तथा ताप्लेजुङ र भोजपुरमा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरु...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर भद्रपुर-६ रंगडाँडाका ४७ बर्षीय संजित राजबंशीको मृत्यु भएको हो । दिउँसो करिव १२ बजे बागडोरा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी वेहोस भएका थिए । वेहोस भएका उनलाइ उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुनसरीमा बिजुलीको पोलमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरीमा बिजुलीको पोलमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु

सुनसरी । सुनसरीको हरिनगरामा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हरिनगरा–४ का ३५ बर्षीय दिनेश मण्डल छन् । मण्डलले चलाएको को.१६ प.४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाएर दुर्घटना भएको हो । मोटरसाईकल पोलमा ठोक्किएर नहरमा झर्दा सोही मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनकुटाको डाँडागाउँमा चाडपर्व लक्षित कोरोना सचेतना कार्यक्रम

धनकुटाको डाँडागाउँमा चाडपर्व लक्षित कोरोना सचेतना कार्यक्रम

धनकुटा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँमा कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो सुनिश्चित भविष्य नेपाल नामक गैरसरकारी सस्थाले पाँच दिने सचेतनामूलक कार्यक्रम गरेको हो । वडामा गाउँ–गाउँका मानिसहरुलाई प्रतिनिधिमूलक हिसावले जम्मा गरेर कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सं...
प्रदेश १ को पहिलो पाँचतारे होटल सञ्चालनमा

प्रदेश १ को पहिलो पाँचतारे होटल सञ्चालनमा

झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मूलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले ...
सडकमै बस्दै आएकी महिलाको उद्धार

सडकमै बस्दै आएकी महिलाको उद्धार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित सडकमा बस्दै आएकी एक महिलालाई बुधबार साँझ सडकबाट उद्धार गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको टोलीले महिलालाई सडकबाट उद्धार गरेको हो । नाम धना विश्वकर्मा र उमेर २१ बर्ष बताउँने उनले आफ्नो स्थायी ठेगाना भने बताउँदिनन् । उनी करिब एक साता अघिदेखि सडकमा बस्दै आएकी थिईन् । स्थानीय युवाहरुको उनको बारेमा मन्त्रालयमा जानकारी गराएपछि सामाजिक विकास मन्...
धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने

धनकुटा । धनकुटा नगरपालिका वडा नं.९ ले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको छ । आफ्नै एम्बुलेन्स खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुर्याएको वडाले सुत्केरी गराउँन जाँदा–आउँदा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँने भएको हो । वडाबासी बिरामी हुँदा अस्पताल पुर्याउँन सहजताका लागि वडाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गर्न लागेको छ । एम्बुलेन्स खरिद गर्न सम्झौतासमेत भईसकेको छ । भारतबाट भन्...
प्रदेश १ कोरोना अपडेटः चार संक्रमितको मृत्यु, १५३ मा संक्रमण, ५३ डिस्चार्ज

प्रदेश १ कोरोना अपडेटः चार संक्रमितको मृत्यु, १५३ मा संक्रमण, ५३ डिस्चार्ज

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित सुनसरीका २ पुरुष र मोरङका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा प्रदेश १ बाहिरका एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भए...
कक्षा १२ को परीक्षा गर्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा

कक्षा १२ को परीक्षा गर्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा

काठमाडौं । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिश...
पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

काठमाडौं । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना. ४ ख ३०८५ नम्बरको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयो...
दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य

दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य

काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैं...
प्रदेश १ कोरोना अपडेट: तीनको मृत्यु, १६६ डिस्चार्ज, ११८ मा संक्रमण

प्रदेश १ कोरोना अपडेट: तीनको मृत्यु, १६६ डिस्चार्ज, ११८ मा संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा १/१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा आज १ सय १८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २ तथा भोजपुर, उदयपुर र इलाममा...
उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु

उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु

मोरङ । मोरङको उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभा घर भई हाल उर्लाबारी–७ बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिक छन् । उर्लाबारी–७ मा होटल सञ्चालन गर्दै आएका २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा घाईते भएका मल्किकको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार गत आईतबार होटलमा खाजा खान गएका बेला होटल साहु तामाङ र ग्राह...
एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक...
खाटमुनि महिलाको शव फेला

खाटमुनि महिलाको शव फेला

झापा । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका-१ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बेलबारीमा असोज २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

बेलबारीमा असोज २३ गतेदेखि कक्षा ११ को परीक्षा हुने

बेलबारी । बेलबारी नगरपालिकामा असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन हुँने भएको छ । बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा सोमवार बसेको बैठकले असोज २३ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ सञ्चालन गरिरहेका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रद्यानाध्यापक तथा शिक्षकहरु पनि सहभागि थिए । नगर क्षेत्र भित्र परीक...
प्रदेश १ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका ३०, सुनसरीका ३६, ओखलढुङ्गाका ४, खोटाङ र झापाका २/२ र धनकुटा र इलामका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका ६ महिला १० पुरुष, बुढीगंगाका ६ पुरुष, बेलबारीका १ महिला १ पुरुष, सुन्दरहरैचाका १ महिला १ पुरुष, उर्लाबारीका १ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण द...
नोबेलमा सुरु भयो पीसीआर परीक्षण

नोबेलमा सुरु भयो पीसीआर परीक्षण

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले पीसीआर परीक्षण सुरु गरेको हो । नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको थियो । तर, सरकारी स्तरबाट एक महिना ढिलाई गरी आईतबार परीक्षणको अनुमति प्राप्त भएको अस्पतालले जनएको छ । राष्ट्...
माईतबाट घर फर्कदै गर्दा खोलाले बगाएर महिलाको मृत्यु

माईतबाट घर फर्कदै गर्दा खोलाले बगाएर महिलाको मृत्यु

उदयपुर । उदयपुरमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । खोलाले बगाउँदा रौतामाई-२ की ५५ बर्षीया मैया लुङ्गेली मगरको मृत्यु भएको हो । गएराती करिव ८ बजे माईतबाट घर फर्कदै गर्दा रसुवा खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कोरोना महामारी: ८० हजार १६ नेपाली स्वदेश फर्किए

कोरोना महामारी: ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मूलुकबाट उक्त सङ्ख्यामा नागरिक मूलुक फर्केका हुन । मूलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जन...
धनकुटाकी क्यान्सरपीडित ४ बर्षे बालिकाको उपचारका लागि जुट्यो ३ लाख ७६ हजार रकम

धनकुटाकी क्यान्सरपीडित ४ बर्षे बालिकाको उपचारका लागि जुट्यो ३ लाख ७६ हजार रकम

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी क्यान्सरपीडित ४ बर्षे बालिका साक्षी लिम्बूको उपचारका लागि ३ लाख ७६ हजार रकम संकलन भएको छ । हात्तिखर्कका गणेश तिगेला लिम्बूकी ब्लड क्यान्सर पीडित छोरी साक्षीको उपचारका लागि ३ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ रकम संकलन भएको हो । छथर जोरपाटी गाउँपालिका खेलकुद बिकास समितीको अगुवाईमा सञ्चालन गरिएको ‘साक्षी लिम्बू बचाउ अभियान’ बाट संकलित उक्त रकम आईत...
बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

बारा । बारामा आज बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिक बसको ठक्करबाट स्कुटीमा सवार बुबा, आमा र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा निजगढ नगरपालिका–१० लालका २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमति २३ वर्षीया ज्योती र एक वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बस...
असल छिमेकी समाजको गहना

असल छिमेकी समाजको गहना

परम्परागत रुपमा मानिस जंगली युगबाट जीवन निर्वाह गर्दै आएका थिए । मानिसमा जंगली जीवन बडो कष्टमय र दुःखदायी हुन थालेपश्चात समयको परिवर्तनसँगै गाँउ, समाज र समाजका व्यक्तिहरुको सहयोग नभई नहुने आवश्यकता महशुस गर्न थालियो । त्यसैले समाजको निर्माण भयो र मानिस समाजिक प्राणी कहलायो । मानिस समाजमा जन्मन्छ, हुर्कन्छ र समाजमा नै देहत्याग गर्दछ । मानिस समाजभन्दा बाहिर गएर बाँच्न सक्दैन । त्यसैले उसलाई हरपल ...
प्रदेश १ मा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

प्रदेश १ मा थपिए हालसम्मकै उच्च कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो । मोरङका १ सय ६७, सुनसरीका ७, झापाका ३, भोजपुरका २ र तेह्रथुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १ सय ३० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष छन् । मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीग...
सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको प्रकृतिअनुसार...
धनकुटाको दमारमा मोटरसाईकल दुर्घटना

धनकुटाको दमारमा मोटरसाईकल दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुँनेमा संखुवासभाको सभापोखरी–४ का २५ बर्षीय रोशन वनेम लिम्बु छन् । धनकुटाको लेगुवाबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको प्र.३.०२००९ प.०६१९ नं. को मोटरसाईकल गएराती करिब १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । हिल...
गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा  सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो । डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना. ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ...
‘बदमास ठेकेदारले बाटो बनाउँदैन, दोष चाहिँ प्रधानमन्त्रीको टाउकोमा ?’

‘बदमास ठेकेदारले बाटो बनाउँदैन, दोष चाहिँ प्रधानमन्त्रीको टाउकोमा ?’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन् । सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमासमेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री नेम्वाङको भनाइ छ । जिल्ला समन्वय समिति पाँचथरले शनिबार फिदिममा आयोजना गरेको कार्यक्रममा उनले भने, “एउटा बद्मास ठेकेदारले बाटो बनाउँदैन...
प्रदेश १ मा एकैदिन ११९ कोरोना संक्रमित निको भए, थप १०४ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन ११९ कोरोना संक्रमित निको भए, थप १०४ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा शनिवार एकैदिन ११९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । होम आईसोलेशनसहित बिभिन्न आईसोलेशन सेन्टरमा रहेका संक्रमितहरु निको भएका हुन् । होम आईसोलेसनमा रहेका ८९ जना निको भएका छन् । विराट मेडिकल कलेजबाट १९, कोभिड– १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन विराटनगर र कोभिड–१९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपु...
कविता: गरिब भनि नगरिदिनु हेला

कविता: गरिब भनि नगरिदिनु हेला

धनी र गरिबले खाने गाँस अनि त्यो गासँको मिठास फरक होला तर भोक दुबैको एउटै हुन्छ । गरिब भनि नगरिदिनु हेला बिन्ती छ हरेक चिजलाई पैसामा मोलतोल नगरिदिनुहोला । धनी र गरिब मरेपछि मलामीको लर्कन फरक होला तर बाँच्दाको मुटुको धड्कन एउटै हुन्छ । गरिब भनि नगरिदिनु हेला बिन्ती हरेक चिजलाई पैसामा मोतलोल नगरिदिनु होला । धनीले फेर्ने सासमा पैसाले थुपारिदिएको सहास थुप्रै होला अनि गरिबले फेर्ने...
धनकुटा आईसीडीको अध्यक्षमा कुँवर

धनकुटा आईसीडीको अध्यक्षमा कुँवर

धनकुटा । मार्क्सवाद अध्ययनमा रुची राख्ने अनेरास्ववियू धनकुटा सम्बद्ध विद्यार्थीहरु संगठित भएका छन् । मार्क्सवाद अध्ययनमा रुची राखी मार्क्सवादको अध्ययन र प्रयोगबाट मात्रै समाजवाद प्राप्त हुन्छ भन्ने विद्यार्थीहरुले ‘ईन्स्टिच्यूट अफ क्रीटिकल डाईलग’ (आईसीडी) जिल्ला कमिटी गठन गरेका हुन् । आईसीडी प्रदेश कमिटी सह–सचिव प्रकाश गिरीको अगुवाईमा भएको विद्यार्थीहरुको भेलाले केशव कुँवरको अध्यक्षतामा १९ सदस्...
error: Content is protected !!