संगालोखबर सम्बाददाता

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा मोरङका ५५ वर्षीय पुरुष र सप्तरीका ७० वर्षीय बृद्धको मृत्यु भएको हो ।

Advertisement

मोरङको कानेपोखरी-१ का संक्रमित पुरुषको बिहीबार साँझ साढे आठ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । उनलाई आन्द्राको क्यान्सर थियो । क्यान्सर शरीरका अन्य भागमासमेत फैलिसकेको अवस्था रहेका उनको अप्रेशन पश्चात उपचार भइरहेको थियो ।

त्यस्तै सप्तरीको राजविराज-३ का कोरोना संक्रमित बृद्धको पनि बिहीबार राती मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार बृद्धलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ जस्ता समस्या देखिएर कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले रेफर गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!