
झापा । झापामा छतबाट झर्दा गएराती एक बालिकाको मृत्यु भएको छ । बिर्तामोड–५ मा घरको छतबाट झर्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।
गएराती करिव १० बजे खाना खाईसकेपछी छतमा गएर तल हेर्ने क्रममा झर्दा बालिका गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालिका ५ दिन अघि काठमाडौंबाट मावली घरमा आएकी थिईन् । मावली घरकै छतबाट झर्दा उनको मृत्यु भएको हो ।